ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

नेपालमा तत्काल खोप आपूर्ति गर्न डब्लुएचओलाई राष्ट्रसंघीय काठमाडौं नियोगको अपिल
  • हजुरकाे पाेष्ट

  • काठमाडौं ।
    नेपालमा तत्काल कोभिड-१९ विरुद्धको खोप आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठनलाई शनिबार ताकेता गरेको छ ।

    राष्ट्रसंघीय आवसिय प्रतिनिधि सारा ब्योस्लो न्यान्तीले डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससलाई उक्त आग्रह गरेकी हुन् ।

    ट्वीटमार्फत उनले नेपालको संक्रमणदर विश्वमै उच्च रहेको उल्लेख गर्दै तथ्यांकमा ध्यान दिन समेत डब्लुएचओ प्रमुखको ध्यानाकर्षण गराएकी छिन् । ‘नेपालमा तत्काल खोप पठाउनूस’ उनले लेखेकी छिन् ।
    यसैसाता कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले न्यान्तीलाई टेलिफोन गर्दै खोप आपूर्तिका लागि पहल गर्न सुझाएका थिए ।

    राष्ट्रसंघीय निकाय डब्लुएचओले कोभ्याक्स सुविधाअन्तर्गत प्रभावित मुलुकहरुमा खोप आपूर्ति गर्दै आएको छ । तर, भारत लगायतका खोप उत्पादक मुलुकमा खोप उत्पादन प्रभावित बनेपछि आपूर्ति हुन सकेको छैन ।

    डब्लुएचओले पनि ठूला र धनी राष्ट्रले खोप जम्मा गर्दा गरिब मुलुकमा खोप आपूर्ति गर्न नसकिएको बताउँदै आएको छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech