ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

अहिलेसम्म २५ लाख नेपालीले पाए कोरोनाको खोप, ७ लाख डोज खोप मौज्दातमा
  • हजुरकाे पाेष्ट

  • काठमाण्डौ –
    अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र नेपालमा २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएका मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई प्राप्त १ लाख डोज गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको र चीनबाट ८ लाख डोज भेरोसेल खोप गरी जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको हो । त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको छ । मौज्दातमा ७ लाख डोज खोप रहेको र भेरोसेल खोप लगाउन शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

    भारतसँग २० लाख डोज खोप खरिद गरेको भए पनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । भारतसँग छलफल भइरहेको र छिट्टै खोप आउने उहाँको भनाई छ । स्पुतनिक भि खोप लगायतका अन्य खोपहरु ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानी भैरहेको सह–प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

    गएको चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई काठमाण्डौ र ललितपुर महानगरले भोलिदेखि दोस्रो डोज लगाउन सुरु गर्दैछन् । १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकले खोपको पहिलो डोज लिएका थिए ।

    यस्तै कोरोना भाइरसको सङक्रमण बढिरहेको बेला देशभरी ९० वटा प्रयोगशालाबाट पीसीआर परिक्षण भइरहेको छ । अहिले एन्टीजेन परिक्षणमा पोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिङ्गमा परेकाको पीसीआर परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सह–प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालालाई आवश्यक स्वास्थ्य सामाग्री तीन महिनालाई पुग्ने मौज्दात रहेको बताउनुभयो । मौज्दातमा रहेका स्वास्थ्य सामग्री प्रयोग हुँदै गर्दा थप उपचारका सामाग्री सहयोगका लागि बिभिन्न निकाय तथा दाताहरुसँग पत्राचार गरिएको पनि उहाँले बताउनुभयो ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech