ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

नेपाली जनसंपर्क समिती साउदीअरबको दोस्रो राष्ट्रिय अधिबेशनः भर्चुअल माध्यमद्वारा   सम्पन्न :
  • हजुरकाे पाेष्ट

  •  

    नेपालि जनसम्पर्क साउदी अरबको दोस्रो राष्ट्रिय एतिहासिक अधिबेशन मिति १४ मे २०२१ तदनुसार ३१ बैशाख २०७८ शुक्रबारका दिन जुम भर्चुअल अनलाईन मार्फत सम्पन्न भएको छ । नेपालि कांग्रेस पार्टी उपसभापति एवं पुर्व उपप्रधान तथा गृहमन्त्री  बिमलेन्द्र निधि प्रमुख अतिथि रहेकाे उक्त अधिवेशन समुद्घाटन समारोहका केन्द्रीय प्रतिनिधि भने महासमिति सदस्य तथा नेपाली जनसम्पर्क समिति युएईका सभापति  भुवानी प्रसाद तिमिल्सिना रहेका थिय |
    विशिष्ट अतिथिमा नेपालि कांग्रेस पार्टी सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री  प्रकाश शरण महत , बिशेष अतिथिहरुमा नेपालि कांग्रेस केन्द्रिय सदस्य एवं नेपाली जनसंपर्क समिती समन्वय बिभाग प्रमुख  गोबिन्द भट्टराई, नेपाली काग्रेस केन्द्रिय सदस्य एवं संसद सदस्य (प्रतिनिधी सभा) एवं नेपाल महिला संघ पुर्व अध्यक्ष माननीय डा. डिला संग्रौला, नेपालि कांग्रेस केन्द्रिय सदस्य एवं नेबीसंघ पुर्व अध्यक्ष  प्रदिप पौडेल, पुर्व रक्षामन्त्री एवं संसदिय सुनुवाई समिति सदस्य मानानीय  भिमसेन दास प्रधान, नेपालि राजदूतावास रियाद साउदिअरबका राजदुत महामहिम प्रो.डा. महेन्द्र सिंह राजपूत, नेपालि कांग्रेस आमन्त्रीत केन्द्रिय सदस्य एवं जनसंपर्क समिती अमेरिकाका सभापति  आनन्द बिष्ट, नेपालि कांग्रेस आमन्त्रीत केन्द्रिय सदस्य एवं जनसंपर्क समिती भारतका सभापती  बालकृष्ण पाण्डेय थिए  |
    उक्त कार्यक्रमको अतिथिहरुमा नेपालि जनसम्पर्क समिति अन्तर्गत विदेश स्थित केन्द्रीय विभागीय सदस्यहरु, विभिन्न देशका जनसम्पर्क समितिका सभापतिहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधरु, नेपाली जनसम्पर्क समिति साउदीअरबका भूतपूर्व पदाधिकारीहरु, क्षेत्रीय समितिका पदाधिकारीहरु, क्रियाशील सदस्यहरु, गैर आवासीय नेपालि संघ राष्ट्रिय तथा अन्तरराष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, साउिदअरब स्थित बिभिन्न राजनैतिक दलका पदाधिकारीहरु, साउदीअरब स्थित बिबिन्न सामाजिक संघ संस्ठाका पदाधिकारीहरु, सामाजिक अभियन्ताहरुकाे  उपस्थितिमा  सम्पन्न भएको थियो ।
    अधिबेशन कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरण अन्तर्गतको बन्द सत्र कार्यक्रममा समितिका कोषध्यक्ष द्वारीकाराज गिरिले २०१७-२०२० कार्यकालको आय-ब्ययको आर्थिक प्रतिबेदन र महामन्त्री सुरेश राज त्रिपाठीले २०२७-२०२० कार्यकालको सांगठानिक कार्य प्रगती विवरण विवरण प्रस्तुत गरेका थिए बिधान संसोधन समितिका संयोजक मोहन अधिकारिले सम्सोधित बिधान निर्णायर्थ पारीतको लागि प्रस्तुत गर्दै उक्त सम्सोधित बिधान बहुमतले पारीत गरिएको थियो । यसै कार्यक्रममा निर्वाचन समितिका संयोजक मदन ओडारीले नयाँ कार्यसमिती तथा महासमिती सदस्यहरु सर्बसम्मतिबाट चुनिएको जानकारी गराउँदै सर्वसहमती नभएका महाधिबेशन प्रतिनिधिहरुको चयनको लागि निर्वाचन समितिको बैठक बसी निर्वाचन आचार संहिता प्रस्तुत गर्दै अनलाइन भोटिङ प्रकृयाद्वारा निर्वाचन गराइको थियो । उक्त निर्वाचन प्रक्र्याबाट बिजयी महाधिबेशन प्रतिनिधिहरु, निर्बिरोध निर्वाचित भएका महासमिती सदस्यहरु तथा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको नाम केन्द्रिय प्रतिनिधिको रोहबरमा उद्घाटन समारोहमा उपस्थित प्रमुख अतिथी, बिशिष्ट अतिथी, बिशेष अतिथीहरु, अतिथीहरु तथा सम्पूर्ण उपस्थितिहरु माझ घोषणा गरिएको थियो ।
    नेपाली कांग्रेस पार्टी उपसभापती एवं पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री  बिमलेन्द्र निधी ज्युले नेपालबाट दिप प्रज्वलन गरी नेपाली जनसंपर्क समिती साउदीअरबको दोस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन गरेका थिय । अतिथिहरुले अहिले विश्वमहामरिको रुपमा फैलिएको कोभिड १९ कोरोनाबाट सुरक्षित रहन र देश भित्र कोरोना कहरले निम्त्याएको संकटमा विश्वभर छरिएर रहेका नेपाली जनसंपर्क समितिहरुले साथै नेपाली कांग्रेसका सम्पूर्ण भात्री संगठनहरुले, नेपाली कांग्रेस पार्टीले एक भएर सहयोग गर्न र देश र जनतालाई बचाउन सबैले अहम भूमिका खेल्नुपर्नेमा बिशेष जोड दिएका थिए , साथै पार्टिको आसन्न १४ औं महाधिबेशनको बारेमा, पार्टीको बारेमा र सरकार र सरकारले यतिबेला देश र जनताको लागि खेल्नुपर्ने भूमिका, गर्नुपर्ने कामहरुको बारेमा चर्चा गरिएकाे थियो ।
      तुसङ (अर्जुन) बहादुर थापा सभापति,द्वारीकाराज गिरी बरिष्ठ उपसभापती सहित २५ सदस्यिय नेपाली जनसमपर्क समिती, साउदिअरबकाे गठन गरेकाे छ ।
  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech