ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

आर्थिक अनुसन्धान केन्द्र, नेपालद्धारा एक दिने निःशुल्क अनलाईन प्रशिक्षण कार्यक्रम सम्पन्न ।
  • हजुरकाे पाेष्ट

  • आर्थिक अनुसन्धान केन्द्र, नेपालद्धारा   एक दिने निःशुल्क अनलाईन प्रशिक्षण कार्यक्रम सम्पन्न ।

    १ जेठ बुटवल ,आर्थिक अनुसन्धान केन्द्र, नेपालद्धारा आयाेजना गरिएको १५ दिने प्रशिक्षण कार्यक्रम अन्तरगत ६ छैठौं कार्यक्रम सम्पन्न आर्थिक अनुसन्धान केन्द्र, नेपालद्धारा आज जेठ १ गते शनिबारका दिन एक दिने निःशुल्क अनलाईन प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

    स्नातकोत्तर, एम फिल र पि एच डि को तयारीमा रहेका तथा अनुसन्धानमा रुचि राख्ने सम्पूर्ण ब्यक्तिहरुको लागि अति प्रभाबकारी हुने गरि अनुसन्धानसंग सम्बन्धित रिसर्च मेथोडोलोजी शिर्षकमा प्रशिक्षण प्रदान गरिएको हो । नेपाल अर्थशास्त्र शिक्षक समाजका केन्द्रीय सचिब श्री कृष्णश्याम गैरेले प्रशिक्षण दिनुभएको उक्त कार्यक्रममा बिभिन्न जिल्लाका गरि करिब चालिस जनाको सहभागीता रहेको उक्त संस्थाका रिसर्च कोअर्डिनेटर यम बहादुर कार्कीले बताए ।

    सहभागीहरुको तर्फबाट मन्तब्य राख्दै कमला पौडेलले यस्ता कार्यक्रमहरुले बिद्यार्थी तथा जुनसुकै पेशा ब्यवसायमा लागेकाहरुलाई पनि आफ्नो ब्यवसायिक सफलताको लागि आधार प्रदान गर्ने बिचार ब्यक्त गरेकि थिइन । युनिभर्सल पब्लिक हाईस्कुल भैरहवाका प्राधानाध्यापक चन्द्रप्रकाश न्यौपानेले यस प्रकारका कार्यक्रमहरुलाई प्रदेश स्तरीय रुपमा संचालन गर्दै बिभिन्न क्षेत्र र पेशाका बिज्ञहरुलाई जोड्न सके प्रदेशको आर्थिक बिकासमा महत्वपुर्ण योगदान पुग्ने अाैँल्याएका थिए । त्यसैगरी बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक गोबिन्द ज्ञवालीले यस प्रकारका कार्यक्रमहरुले लू्म्बिनी प्रदेशलाई केन्द्रमै फरक पहिचान दिलाउन सक्ने र यस्ता कार्यक्रमको निरन्तरताले यस प्रदेशमा रहेको बिज्ञहरुको अभाब पूर्ति गर्ने बताए ।

    हुमराज भुसालकाे अध्यक्षतामा सम्पन्न  उक्त कार्यत्रमको सञ्चालन संस्थाका काेषाध्यक्ष अमर डि. सीले गरेका थिय ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech