ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

रुपन्देहीमा अायाे १२० सिलिण्डर अक्सिजन, सडकमार्गबाट १०४ थान आईतबार आउने ।
  • हजुरकाे पाेष्ट

  • बुटवल , रुपन्देहीमा देखिएको अक्सिजन अभावलाई कम गर्न आजपनि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर झारिएको छ । बिराटनगर, सिमरा र चितवनका अस्किसजन प्लान्टहरुबाट रुपन्देहीका लागि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर ल्याईएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

    बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुबेदीका अनुसार अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको पहल तथा सीसीएमसीको सहकार्यमा समन्वयमा बुटवल धागो कारखाना प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवाका लागि एयर लिफ्ट मार्फत १२० वटा भरी अक्सिजन सिलिण्डर आज आईपुग्ने छ ।

    आज आईपुग्ने १२० सिलिण्डर मध्य ६० थान आईसकेको र ६० थान साँझसम्ममा आईपुग्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । थप १०४ थान भरी सिलिण्डर सडक यातायात हुँदै भेलि बिहान सम्म बुटवल आईपुग्ने तामाङले बताए ।

    जिल्लामा अक्सिजनको अभावका कारण संक्रमितहरुको मृत्युदर बढ्न थालेपछि जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले लगातार केन्द्रिय सीसीएमसी, रुपन्देहीबाटै निर्वाचित अर्थमन्त्री पौडेल लगायतलाई आग्रह गरेपछि सो परिमाणको अक्सिजन ल्याउन सकिएको प्रजिअ तामाङले बताए ।

    अक्सिजनको केहि सहजता भएसँगै रुपन्देहीमा मृत्युदर पनि घटेको देखिएको छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech