ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

इजरायल र प्यालेस्टाइनका राष्ट्रप्रमुखलाई बाइडेनको फोन, द्वन्द्व अन्त्य गर्न आह्वान
  • हजुरकाे पाेष्ट

  • २ जेठ,काठमाण्डौ – तत्काल इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय समुदायले आग्रह गरेको छ । इजरायलले प्यालेस्टाइनको गाजामा मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाका राष्ट्रपति बाइडेनले दुवै देशका प्रमुखहरुलाई फोन गरेर द्वन्द्व अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

    बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइनका राष्ट्रपति ममम्मुद अब्बासलाई फोन गरेर तत्काल द्वन्द्व​ अन्त्य गर्न आग्रह गर्नुभएको हो । यस्तै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि दुई देशबीचको समस्या समाधानका लागि आवश्यक छलफल गर्न आजका लागि बैठक बोलाएको छ ।

    इजरायलले हिजो गरेको आक्रमणमा परेर १० जनाभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । समाचार संस्था एपी र अल जजिराको कार्यालय समेत रहेको भवनमा इजरायलले मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ । इजरायलले शरणार्थी शिविरहरुमा हवाइ आक्रमण गरेको हो । गाजामा सक्रिय हमासका लडाकुलाई लक्षित गरी इजरायलले यो हप्ताको शुरुदेखि हवाइ तथा स्थल आक्रमण गरिरहेको छ ।

    अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरु भैररहेका छन् । केही वर्षदेखि प्यालेस्टिनी समस्याको समाधानका लागि ठोस पहल र शान्तिवार्ता हुन सकेका छैनन् ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech