ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

चिनियाँ सहयाेगमा स्वास्थ्य सामग्री बोकेका गाडी तातोपानी नाकातर्फ प्रस्थान
  • हजुरकाे पाेष्ट

  • २ जेठ, काठमाडौं ।
    चीनले नेपाललाई अनुदानमा दिएको अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री बोकेका गाडीहरु चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरेका छन् ।

    महावाणिज्य दूतावासका अधिकारीले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीहरु न्यालम कस्टमबाट छुटिसकेको जानकारी दिएको तातोपानी भन्सारका अधिकारीले बताए ।

    तातोपानी नाकाका भन्सार अधिकृत नारद गौतमले ती सामान आउनासाथ आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाइने बताए । गौतमले भने, ‘उताबाट सामान आउने जानकारीमा आएको छ, हामी त्यसैको प्रतीक्षामा छौं । यहाँ आउनासाथ ती सामान हामी फास्ट ट्र्याकमा पठाउँछौं ।’ कुन–कुन सामान कति–कति परिमाणमा आउँदैछन् भन्ने जानकारी आफूहरुसम्म नआइपुगेको उनले बताए ।

    तातोपानी भन्सारमा चीनले ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । ‘स्वास्थ्य मन्त्रालयलाई चीनले सामान हस्तान्तरण गरेपछि सुरक्षित साथ छिटो पठाउने प्रक्रिया अघि बढ्ने छ ।

    कोरोना महामारीविरुद्ध लड्न सहयोग पुगोस् भनेर चीनले २० हजार थान अक्सिजन सिलिण्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई अनुदानमा दिने घोषणा गरेको छ । केही थान सिलिण्डरहरु नेपाल एयरलाइन्सको वाइडबडी जहाजले बेइजिङबाट ओसारेको छ । पहिलो खेपमा चार सय थान अक्सिजन सिलिण्डर ल्याएको जहाज दोस्रो खेप लिन गएराति फेरि बेइजिङ गएको छ ।

    एकैपटक धेरै सामग्री छिटो ल्याउन सकियोस् भनेर स्थलमार्ग प्रयोग गरिएको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन सन्चालन केन्द्र (सीसीएमसी)ले जनाएको छ ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech