काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई शीर्ष नेताबीच छलफल भएको छ ।
पार्टीभित्रको विवाद समाधानका लागि गठन हुने कार्यदलका सदस्य टुङ्गाे लगाउन दुई नेता छलफलमा जुटेका नेकपा एमालेले जनाएको छ । यसअघि गएकाे शुक्रवार भएको दुई समूहका नेता सहभागी बैठकले कार्यदल गठनको जिम्मेवारी ओली र नेपाललाई दिएको थियो ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि २०७५ को जेठ २ को अवस्थामा फर्कँदै विधान र पार्टी संरचना कायम गरेर अघि बढ्नेबारे दुई पक्षबीच सहमति भइसकेको छ ।