ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

एमाले विवाद अब वार्ता टोलीको जिम्मा : जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा बन्यो कार्यदल ।
  • हजुरकाे पाेष्ट

  • २ जेठ,काठमाण्डौ – २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न नेकपा एमालेमा दुवै पक्ष सम्मिलित कार्यदल बनेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलले दुवै पक्ष सम्मिलित कार्यदल बनाएको हो ।

    कार्यदलमा ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै माधव नेपाल समूहको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

    जेठ २ भन्दा पहिलेको अवस्थामा फर्किने गरी अरू सबै कुरा टुङ्गो लगाउनका लागि वार्ता टोली बनाइएको अध्यक्ष ओलीसँगको छलफलपछि नेता नेपालले जानकारी दिनुभयो ।

    गएको शुक्रवार ओली र नेपाल पक्षका नेताहरूले पार्टीभित्रकाे विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा शीर्ष नेतालाई दिएका थिए । यसअघि जेठ २ गते नफर्कने भए सामूहिक राजीनामा दिने खनाल–नेपाल समूहले तयारी गरेपछि अध्यक्ष ओली जेठ २ गते फर्कन तयार हुनुभएको थियो । त्यही सहमति कार्यान्वयनका लागि आज कार्यदल बनेको हो । कार्यदलका लागि तीन दिनभित्र प्रतिवेदन तयार गर्ने नेताहरूले बताएका छन् ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech