ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

नेप्से परिसूचक २७ सय ३८ बिन्दुमा, १० अर्ब ४० करोडको कारोबार
  • हजुरकाे पाेष्ट

  • २ जेठ,काठमाण्डाै – शेयर बजार काराेबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक आइतवार (आज) ५४ अङ्कभन्दा धेरैले बढेर दुई हजार सात सय ३८ दशमलव २९ अङ्कमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि सबैभन्दा उच्च विन्दु २ हजार ७ सय ३५ दशमलव ४६ अङ्क रहेको थियो ।

    आज कारोबार हुने सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक पाँच सय ८४ दशमलव २१, जीवन बीमा समूहको परिसूचक पाँच सय २८ दशमलव ७८ र विकास बैंक समूहको परिसूचक एक सय १२ दशमलव ५९ अङ्कले बढेको छ ।

    यस्तै आज कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज १० अर्ब ४० करोड रुपैयाँ बराबरकाे दुई करोड १३ लाख कित्ता सेयर किनबेच भएको छ । यो एकैदिन कारोबार भएको रकम अहिलेसम्मकै उच्च हो ।

    आज नेपाल रिइन्स्योरेन्ज कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८५ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । रुरु जलविद्युत् परियोजना लिमिटेडकाे शेयर आज सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech