ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

हप्तामा हुने काम दिनमा, दिनमा हुने काम घन्टामा गर्न: प्रधानमन्त्रीकाे निर्देशन
  • हजुरकाे पाेष्ट

  • प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस महामारीका कारण कुनै पनि नागरिकको ज्यान जान नहुने भएकोले ‘र्‍यापिड रेस्पाेन्स टिम’ बनाएर काम गर्न निर्देशन दिएका छन्।

    प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया तथा आर्थिक स्रोत अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने पनि बताए।

    आज सिंहदरबारमा बसेको सिसिएमसीको बैठकमा प्रधानमन्त्री ओलीले उक्त कुरा भनेका हुन्।

    प्रधानमन्त्री ओलीले बैठकमा राखेका कुराबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘हाम्रा प्रक्रिया र आर्थिक स्रोत अभावले कुनै नागरिकको ज्यान जान हुन्न र हप्तामा हुने काम दिनमा र दिनमा हुने काम घन्टामा गर्न र्‍यापिड रेस्पोन्स टिम बनाउन परे बनाएर काम गर्नुहोस्।’

    उक्त बैठकमा कानून अभावले पनि महामारीविरूद्ध तदारूकताका साथ काम गर्न नसकिएको कुरा उठेको थियो।

    ‘संक्रामक रोग ऐन २०२० ले मात्रै नपुगेकोले कानून मन्त्रालयलाई आवश्यक काम गर्न भनिएको छ। थप कानूनी संरचना आवश्यक पर्ने देखिएको छ,’ उनले भने, ‘खरिद प्रक्रियामा एड्भान्स पेमेन्टको परिकल्पना छैन अहिले एड्भान्स पेमेन्ट नगरी खोप खरिद गर्न नसकिने अवस्था छ।’

    साथै देशको समग्र स्वास्थ्य संरचनालाई एकीकृत रूपमा महामारीविरूद्ध लगाउने तयारी पनि छ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech