ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

लुम्बिनीमा पदमुक्त गरिएका जसपाका चार सांसदद्वारा सर्वाेच्चमा रिट दायर
  • हजुरकाे पाेष्ट

  • २ जेठ,रुपन्देही – सर्वोच्च अदालतमा लुम्बिनी प्रदेश सभाका तत्कालीन चार सदस्यले आफूहरूलाई कारबाही गर्ने जनता समाजवादी पार्टी नेपाल (जसपा) को निर्णयविरुद्ध रिट निवेदन दायर गरेका छन् । जसपाका चार तत्कालीन प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयले आफूहरूलाई पार्टीबाट कारबाही गरी हटाएको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका हुन् ।

    प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वासका प्रस्तावमा हस्ताक्षर गरेर पनि सरकारमा सहभागी भएको जनाउँदै पार्टीले चार प्रदेश सभा सदस्यलाई पदबाट हटाएको थियो ।

    मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि जसपाका चार सदस्यले मन्त्रीको शपथ लिएका थिए । पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको जनाउँदै जसपा (बाबुराम–उपेन्द्र) समूहले कारबाही गरी प्रदेश सभा सदस्यबाट पदमुक्त गरेकाे थियाे ।

    यस निर्णयविरुद्ध केही हप्ता अगाडि नै निवेदन लिएर आए पनि कोभिड सङ्क्रमण जोखिमका कारण अत्यावश्यकबाहेक दर्ता र सुनुवाइ नगर्ने पूर्ण इजलासको निर्णयअनुसार निवेदन दर्ता भएको थिएन ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech