ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

आज मदन–आश्रित स्मृति दिवस
  • हजुरकाे पाेष्ट

  • ३,जेठ,काठमाण्डाै – आज मदन–आश्रित स्मृति दिवस । पार्टीका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज एमालेले २८ औँ स्मृति दिवस मनाउँदै छ । तर, कोरोना सङक्रमण जोखिम र निषेधाज्ञाका कारण आज औपचारिक कार्यक्रम भने नभएको एमालेले जनाएको छ ।

    नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको छ । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ । मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरी जनताको बहुदलीय जनवादको सिद्धान्त मार्गदर्शनका रुपमा स्थापित भएको बताउनुभएको छ । साथै उहाँले तीन वर्ष अघि एमाले र माओवादी केन्द्रबीच भएको एकता समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न गरिएको प्रयास भए पनि एकीकरणको अभियान निष्कर्षमा पुग्न नसकेको बताउनुभएको छ ।

    अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने प्रतिवद्धता समेत जनाउनुभएको छ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech