ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

सबै अस्पतालमा अक्सिजन प्लान्ट अनिवार्य जडान गर्न मुख्यमन्त्री पौडेलको निर्देशन
  • हजुरकाे पाेष्ट

  • ३ जेठ, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ वटै जिल्लाका अस्पताललाई छिटो अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका छन् ।

    प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग आइतबार साँझ भर्चुअल संवाद गर्दै मुख्यमन्त्री पौडेलले कोरोना संक्रमित बिरामीको उपचारलाई सहज बनाउन प्रत्येक अस्पतालले अक्सिजन प्लान्ट जडान गर्न आग्रह गरेका हुन् ।

    प्रत्येक अस्पतालले उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर सङ्क्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न स्थानीय प्रशासन र जिससका प्रमुखबीच समन्वय तथा सहकार्यका साथ अघि बढ्न उनले आग्रह गरे ।

    उनले अक्सिजन प्लान्टको जडान गर्न र अन्य आवश्यकीय व्यवस्थापन मिलाउन प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको र समुदायलाई आफ्नो व्यवहारलाई सुधार गरेर अनावश्यक भिडभाड नगर्न पनि स्थानीय तहलाई जनशक्ति परिचालन गर्न आह्वान गरे ।

    भर्चुअल संवादमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रत्येक जिल्लाका गाउँटोलमा जनचेतना फैलाउन र बिरामीलाई समभावपूर्ण व्यवहार गर्न स्थानीय तहले घरदैलो अभियान सञ्चालन गर्न मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेको बताए ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech