जुम्ला – जुम्लामा कोरोना भाइरसकाे सङ्क्रमण बढेपछि आवतजावतमा कडाइ गरिएको छ । काेराेना सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि गएकाे वैशाख २२ गतेदेखि निषेधाज्ञा लगाइएकाे जुम्लामा जिल्ला प्रवेश गर्दा एन्टिजेन परीक्षण अनिवार्य गरिएकाे गरिएको हो ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाकाअनुसार कर्णाली राजमार्ग अन्तर्गत नाग्ममा हेल्थ डेक्स स्थापना गरेर एन्टिजेन परीक्षण सुरु गरिएकाे हाे । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको टोली नै नाग्म पुगेर हेल्थ डेस्क राखिएको जानकारी दिनुभयो ।
जिल्ला प्रवेश गर्ने क्रममा कसैलाई कोरोना पोजेटिभ देखिएमा पालिकाकाे समन्वयमा आइसोलेशनमा पठाइने छ । सुर्खेत, नेपालगञ्ज हुँदै जुम्ला आउने क्रम बढेसँगै सङ्क्रमणकाे जाेखिम कम गर्न हेल्थ डेस्क स्थापना गरिएकाे जनस्वास्थ्य सेवा कार्यालयले जनाएकाे छ