बुटवल ३ जेठ , एकिकृत ग्रामीण विकास समाज गुल्मीले अक्सिजन अभियानमा ५१ हजार सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन प्लान्ट अभियान संचालन गरेको छ ।सोही अभियानमा ऐक्यबद्धता जनाउँदै समाजले सहयोग गरेको संस्थाका अध्यक्ष हिरा एसीले जानकारी दिनुभयाे । माहामारी नियन्त्रणमा राज्यसंगै सरकारी तथा गैर सरकारी संस्था र नागरिकको समेत सामाजिक उत्तरदायी हुुने भएकाले अभियानमा सहयोग मार्फत जोडिएको एसीले बताउनुभयाे। उहाले संस्थाको सहयोग रकम नेपाल पत्रकार महासंघ गुल्कामीका अध्यक्ष टोपलाल अर्याललाई प्रदान गर्नुभयाे।
केही संस्थागत र केहि कर्मचारीहरुबाट रकम संकलन गरेर महान अभियानमा हातेमालो गर्न पाएकोमा संस्थाका अध्यक्ष एसीले खुसी व्यक्त गर्नुभयाे। अभियानको नेतृत्व गरिरहेको नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष अर्यालले सवैको सद्भावलेनै अक्सिजन प्लान्टको अभियान अगाडी बढिरहेकाले एकिकृत ग्रामीण विकास समाजको सहयोग प्रति कृतज्ञता ज्ञापन गर्नुभयाेएकिकृत ग्रामिण विकास समाजले जिल्लामा सुशासन र समाजिक विकासका क्षेत्रमा काम गरिरहेको छ । गत बर्षको कोरोनाको पहिलो लहरमा पनि नेपाल पत्रकार महासंघ मार्फत संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले जानकारी दिनुभयाे । त्यस्तै गत बर्षकै बाढि र पहिरोबाट प्रभावित इस्मा र मुसिकोटमा ८ लाख बराबरको विभिन्न सामग्री समेत प्रदान गरिएको विश्वकर्माले बताउनुभयाे ।