ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

काेभिड नियन्त्रणमा जुटने निर्णय सहित युवासँघ नेपाल अर्घाखाँचिको आयोजनामा युवाहरूकाे भर्चुअल बैठक सम्पन्न ।
  • बिक्रम खनाल

  • ३ जेठ अर्घाखाँचि ,

    तिब्रगतिमा फैलदै गएको कोभिड १९ को नयाँ भेरियन्टको सङ्क्रमणको कारण अर्घाखाँचिमा अक्सिजन तथा उपचार नपाएर कोहिपनी मर्न नपरोस भनेर राष्ट्रिय युवासँघ नेपाल अर्घाखाँचिको आयोजनामा सोमवार भर्चुअल माध्यमबाट बैठक सम्पन्न भएको छ ।

    यस जिल्ला तथा जिल्लाका सबै स्थानिय तहहरुमा रहेका समस्या  पहिचान गरि प्रभावकारि ढँगले पहल गरि समस्या समाधान गर्ने सम्वन्धमा बैठक केन्द्रित रहयो ।
    उक्त बैठकमा पिताम्वर भुसाल, खुबिराम आचार्य, लिल बहादुर बिक, गोबिन्द आचार्य , शोभाखर पाण्डेय ,कमल न्यौपाने लगाएत ४० जनाकाे सहभागिता रहेकाेमा  अधिकाँस सहभागिहरुले आफ्नो बिचार ब्यक्त गरेका थिए ।

    सो बैठकले कोरोना सङ्क्रमितलाई घृणा होईन,माया गरी समयमा उपचारको ब्यबस्था मिलाउन वडा तहसम्म युवासँघका सबै सँगठन आवस्यकता अनुसार परिचालन गर्ने , युवासंघले कोविड वेड तयार गर्ने र सङ्क्रमण न्युनिकरणको लागि बडा टोलसम्म जनचेतना सहित माक्स उपलब्ध गराउने, कोभिड बिरामीहरूको उपचारमा आइपरेका समस्याहरु पहिचान गरि समाधानमा समन्वय तथा सहजिकरण गर्ने ,सबै कार्यलाइ ब्यवस्थापन गर्नको लागि ३ देखि ५ जनाको ब्यवस्थापन टिम बनाउने लगायतका कार्यको निर्णय गर्ने अधिकार जिल्ला सचिवालयलाई दिने निर्णय गरियो ।

    राष्ट्रिय युवासँघ नेपाल अर्घाखाँचिका सम्योजक कमरेड गोबिन्द आचार्यको अध्यक्षता, नेकपा एमाले जिल्ला सहसम्योजक कमरेड पिताम्वर भुसाल प्रमुख अतिथि,नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा राष्ट्रिय युवासँघ नेपाल अर्घाखाँचिका इन्चार्ज कमरेड खुबिराम आचार्य,र जिल्ला कार्यालय सचिव कमरेड लिल बहादुर बिकको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन राष्ट्रिय युवासँघ नेपालका नेता  कमरेड शोभाखर पाण्डेयले गर्नुभएको थियो ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech