ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

भारतमा कोरोना सङ्क्रमितका लागि ‘टू-डीजी’ नामक औषधि प्रयोग गर्न अनुमति
  • हजुरकाे पाेष्ट

  • ४ जेठ,काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा विकास गरिएको नयाँ औषधिले अनुमति पाएको छ ।

    औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले ‘टू-डीजी’ नामक औषधिलाई सङ्क्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन अनुमति दिएको हो । कोभिडबाट अति प्रभावित दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ ।

    औषधि कोभिडबाट ‘पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक’ रहेको भारत सरकारले दाबी गरेको छ । तर केही आलोचकहरूले कोभिड उपचारका लागि औषधिलाई आपत्कालीन स्वीकृति दिँदा आवश्यक पर्ने तथ्याङ्क उपलब्ध नभएको बताएका छन् । टू-डीअक्सी-डी-ग्लुकोज वा टू-डीजी औषधि डिफेन्स रिसर्च डेभलपमेन्ट अर्गनाइजेशन (डीआरडीओ)ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो ।

    भारतमा कोभिड-१९ सङ्क्रमणका कारण मृत्युदरमा अपेक्षा गरिएअनुसार कमी नआएपछि यसलाई उपचारका क्रममा प्रयोग गर्न अनुमति प्रदान गरिएको हो । तर, स्वास्थ्यविज्ञहरूले मानिसहरूमा गरिएको परीक्षणमा औषधिको प्रभावबारे प्रकाशित तथ्याङ्कको कमीले यसको प्रभावकारिताबारे प्रश्न उत्पन्न भएको बताएका छन् ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech