ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

राष्ट्रियसभा चुनावमा मतदानकाे लागि अनिवार्य ७२ घण्टाभित्रको कोरोना रिपोर्ट देखाउनुपर्ने
  • हजुरकाे पाेष्ट

  • ४ जेठ,काठमाण्डौ – वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा सहभागी हुने मतदाताले ७२ घण्टाभित्रको कोरोनाको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ ।

    पर्सि ६ गते वाग्मती प्रदेशमा र २७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा भोट हाल्न जानेहरुले अनिवार्य ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको हो ।

    कोभिड सङ्क्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख, उप-प्रमुख, अध्यक्ष र उपाध्यक्षलाई मतदान केन्द्र ‘ख’ मा, र कोरोना सङ्क्रमण देखिएकालाई मतदान केन्द्र ‘ग’ मा  मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

    यस्तै मतदाताले मतदान केन्द्र प्रवेश गर्नुअघि स्वास्थ्य सावधानी राम्रोसँग पालना गरेको हुनुपर्ने र मतदान स्थलमा साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन आयोगले आग्रह गरेको छ । यस्तै पीसीआर रिपोर्ट नेगेटिभ भएका कर्मचारी र सुरक्षाकर्मीलाई मात्रै मतदान स्थल, मतदान केन्द्र र मतगणना केन्द्रमा खटाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech