ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश।
  • हजुरकाे पाेष्ट

  • ४जेठ,काठमाण्डाै – सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमितलाई आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठद्वारा दायर रिटमा न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो ।

    संविधानको धारा ३५ ले सबै नागरिकलाई राज्यबाट आधारभूत, स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने हकको प्रत्याभूति गरेको भन्दै सर्वोच्चले कोभिड–१९ महामारीका कारण सर्वसाधारण अक्सिजन, आधारभूत औषधि र अन्य स्वास्थ्योपचार प्राप्त गर्न नपाइ स्वस्थ जीवनको हकबाट समेत वञ्चित हुनुपरेको अवस्था आएको बताएको छ ।

    ‘कोभिड–१९ को महामारीका कारण नागरिक उपचार नपाइ मृत्यु कुरेर बस्नुपर्ने स्थिति अत्यन्त गम्भीर र चिन्ताजनक अवस्था हो,’ आदेशमा भनिएको छ, ‘नागरिकको जीवन रक्षा गर्न राज्यको सबैभन्दा महत्त्वको जिम्मेवारी हो । स्वास्थ्य उपचार नपाएर नागरिकको ज्यान जानु भनेको राज्य नागरिकको जीवन रक्षा गर्ने दायित्वप्रति गम्भीर र संवेदनशील नभएको अवस्था हो ।’

    अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले अक्सिजन तथा पर्याप्त उपचार अभावका कारण कोरोना सङ्क्रमित व्यक्तिको ज्यान जाने अवस्था आउन नदिने अवस्था बनाउन भनेको छ । गम्भीर अवस्थाका सङ्क्रमितका लागि आवश्यकताअनुसार सघन उपचार कक्ष (आईसीयू) वा भेन्टिलेटर उपलब्धता सुनिश्चितता, समन्वय र व्यवस्थापनका लागि ‘क्विक रेस्पोन्स टिम’ गठन गर्न आदेश दिइएको छ ।

    सबै सङ्क्रमित उपचारमा सहज र समान पहुँच स्थापित हुने सुनिश्चितता र प्रदेश र पालिकामा समेत कोभिड–१९ सङ्क्रमितको उपचार हुन सक्ने पूर्वाधार तथा अरु आवश्यक व्यवस्थापन गर्न आदेशमा उल्लेख छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech