ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

गाजामा युद्धविराम गर्न बाइडेनको अपिल
  • हजुरकाे पाेष्ट

  • ४ जेठ,काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा युद्धविराम गर्न अपिल गर्नु भएको छ ।

    उहाँले गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनीबीच भैरहेको संघर्ष रोक्न अपिल गर्नु भएको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायल र अन्य देशसँगको दुस्मनी रोक्ने प्रयासमा अमेरिका लागि परेको पनि राष्ट्रपति बाइडेनले बताउनु भएको छ । गाजा क्षेत्रमा भइरहेको युद्ध दोस्रो हप्तामा प्रवेश गरेको छ । एक हप्ता कटिसक्दा पनि युद्ध समाप्त हुने कुनै संकेत नदेखिएको बीबीसीले जनाएको छ ।

    अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २ सय १२ प्यालेस्टाइनीको ज्यान गएको छ भने इजरायलतर्फ दुई बालबालिकासहित १० जनाको ज्यान गएको छ । इजरायलले गाजामा मारिएका धेरैजसो हमासका विद्रोही लडाकु रहेका दाबी गरेको छ । तर हमास समूहले भने मारिने सबै नागरिक रहेका प्रतिक्रिया दिएको छ । यस्तै, इजरायलले आफ्नो प्रतिरक्षाका लागि हवाई आक्रमण जारी राख्ने पनि बताएको छ । गाजा क्षेत्रमा हिंसा रोकिने लक्षण नदेखिएपछि अन्तर्राष्ट्रिय समुदायले युद्धविरामका लागि अपिल गरेका छन् ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech