बुटवल , बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल र अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु ३ जना कोरोना विशेष अस्पतालमा र १ जना लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बैशाख २८ गते भर्ना भएका सियारी ३ रुपन्देहीका २९ वर्षिय पुरुषको सोमबार साँझ ७ः२७ बजे मृत्यु भएको थियो भने जेठ २ गते भर्नाभएका खनदह अर्घाखाँचीका ४३ वर्षिय पुरुषको मध्यराती १२ः०४ मा मृत्यु भएको थियो । त्यस्तै जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षिय पुरुषको सोमबार साँझ ५ बजे मृत्यु भएको थियो भने बुटवल १२ का ४० वर्षिय पुरुषको सोमबार साँझ ६ बजे अस्पताल पु¥याए लगत्तै मृत्यु भएको थियो ।