ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

२४ घण्टामा आठ हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण,६ हजार आठ सय ९१ जना काेराेनामुक्त ।

१९६ जनाकाे ज्यान गयाे ।

  • हजुरकाे पाेष्ट

  • ४ जेठ,काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा आठ हजार दुई सय तीन जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार दुई सय ८६ जनाकाे पीसीआर र ६ सय ९३ जनाकाे एन्टिजेन परीक्षण गर्दा आठ हजार दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

    २४ घण्टामा थपिएकासँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या चार लाख ७२ हजार तीन सय ५४ पुगेकाे छ ।

    यस्तै काठमाण्डाै उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाण्डाैमा दुई हजार ४९ जना, भक्तपुरमा दुई सय २१ जना र ललितपुरमा तीन सय ६५ जना सङ्क्रमित थपिएका छन् ।

    यस्तै कोरोना सङ्क्रमणबाट थप एक सय ९६ जनाकाे ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी एक सय ९६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार चार सय ११ पुगेको छ ।

    यस्तै गएको २४ घण्टामा ६ हजार आठ सय ९१ जना काेराेनामुक्त भएका छन् । याेसँगै नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या तीन लाख ५२ हजार चार सय १४ पुगेकाे छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार पाँच सय २९ पुगेको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech