ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

निषेधाज्ञा अवधिभर बैंकले जरिबाना लिन नपाउने
  • हजुरकाे पाेष्ट

  • ४ जेठ,काठमाण्डाै – निषेज्ञाधाको समयमा बैंकहरूले जरिबाना लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग जरिबाना नलिन निर्देशन दिएको हो ।

    यस्तै राष्ट्र बैंकले निषेधाज्ञा सकिएको एक महिनासम्म लिलामी प्रक्रियासमेत अघि नबढाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निषेधाज्ञा अवधि र निषेधाज्ञा सकिएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताउनुभयो ।

    यस्तै नेपालमा अहिले सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

    लिक्विड अक्सिजन प्लान्टका लागि ५० करोड रुपैयाँसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि २० करोड रुपैयाँसम्मको कर्जालाई एक वर्षका लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने प्रवक्ता ढकालको भनाइ छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech