ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

राष्ट्रिय सभाकाे उपचुनावमा लुम्बिनीमा दुई जनाकाे उम्मेदवारी
  • हजुरकाे पाेष्ट

  • ४ जेठ,बुटवल – यही जेठ १७ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावका लागि लुम्बिनी प्रदेशमा दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा सदस्यका लागि दीर्घनारायण पाण्डे र चन्द्रबहादुर खड्काको मनोनयन दर्ता भएको दाङमा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काकाे उम्मेदवारी परेको  हो । चार दलीय गठबन्धनबाट उम्मेदवारी दिनुभएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । एमालेका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित उहाँ केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

    यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका खड्का यसअघि पनि राष्ट्रिय सभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो । माओवादीबाट निर्वाचित अर्घाखाँचीका उहाँ एमाले प्रवेश गरेपछि उहाँलाई माओवादीले कारबाही गरेको थियो।  माओवादीकाे कारबाहीपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि एमालेले उहाँलाई नै फेरि उम्मेदवार चयन गरेको हो ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech