ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

चक्रवातको असर : पश्चिममा पानी पर्ने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
  • हजुरकाे पाेष्ट

  • ५ जेठ, काठमाण्डाै – देशभरको मौसम बदली भएको छ । अहिले कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँ तथा देशका अरु एक/दुई ठाउँमा पानी परिरहेको छ ।

    भारतको गुजरात आसपासमा रहेको चक्रवात ताउ–ते र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा बनेको चक्रवातको असर अस्तिदेखि नेपालमा पनि परेको छ । तर चक्रवात विस्तारै कमजोर बन्दै गएको र उत्तर–पूर्वतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    आज दिउँसोपख पनि मौसम बदलीकै अवस्था रहनेछ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा एक/दुई ठाउँमा ठूलो र अरु ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । बाँकी वाग्मती, प्रदेश दुई र एकका पहाडी केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको ।

    उच्च हिमाली केही ठाउँमा हिमपात र वर्षाको सम्भावना छ । त्यस्तै आजराति पनि पश्चिमका केही ठाउँमा ठूलो पानी पानी पर्ने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा कतै ठूलो पानी पर्ने र हिमाली क्षेत्रमा हिमपात हुने भएकाले खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

    मेघगर्जन र हावाहुरीसहित पानी पर्ने, खोलामा पानीको सतह बढ्ने भएकाले घरबाहिर निस्कँदा या कतै यात्रा गर्दा सुरक्षित रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ । पर्सि शुक्रबारसम्म नदीतटीय क्षेत्रमा विशेष सावधानी अपनाउन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech