ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

बाँकेमा १० घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु अवस्था भयावह बन्दै ।
  • हजुरकाे पाेष्ट

  • नेपालगन्ज । बाँकेमा बितेको १० घण्टाकाबीचमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राती ८ः३० बजेबाट बुधबार बिहान ६ः३० बजेको बीचमा १५ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जानकारी दिएको छ । मृत्यु हुनेमा ७ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा र ८ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

    डीसीसीएमसी बाँकेका अनुसार जेठ २ गते कोहलपुर भर्ना भएका सानोभेरी रुकुमा ३६ वर्षिय पुरुष, बैशाख २७ गते भर्ना भएका कोहलपुर १२ का ४१ वर्षिय पुरुष, बैशाख २५ गते भेरी अस्पताल भर्ना भएका बढैयाताल बर्दियाका ८४ वर्षिय पुरुष, जेठ २ गते भेरीमै भर्ना भएका नेपालगन्ज ६ का ४५ वर्षिय पुरुष, जेठ १ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका राप्तीसोनारी ३ बाँकेकी ५९ वर्षिया महिला र जेठ ३ गते भेरी अस्पताल भर्ना भएका टिकापुर १६ कैलालीका २८ वसर्षय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    त्यसैगरि मंगरबार मेडिकल कलेज कोहलपुर भर्ना भएकी कोहलपुर ११ की ५८ वर्षिया महिला, सोही अस्पताल भर्ना भएका नेपालगन्ज ३ का ६१ वर्षिय पुरुष, सोही दिन मेडिकल कलेज भर्ना भएकी त्रिवेणी १ रुकुम पश्चिमकी २७ वषिैया महिला, जेठ १ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज ४ का ६७ वर्षिय पुरुष, बैशाख २७ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका कोहलपुर ४ का ४२ वर्षिय पुरुष र बैशाख ३१ गते भेरी अस्पताल भर्ना भएका ठाकुरबाबा बर्दियाका ६३ वर्षिय पुरुषको पनि आजै राती मृत्यु भएको छ ।

    त्यस्तै जेठ ३ गते भेरीमा भर्ना भएकी ठाकुरबाबा बर्दियाकी ३८ वर्षिया महिला, ४ गते नै भेरीमा भर्ना भएका तुलसिपुर दाङका ६५ वर्षिय पुरुष र बैशाख २९ गते भेरी अस्पताल भर्ना भएकी लम्की चुहा कैलालीकी ६८ वर्षिया महिलाको पनि मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech