ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

थापालाई मतदान गर्न अध्यक्ष ओलीको अपील, पार्टी निर्देशन बाहिर नजान सबैममा अाग्रह ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् ।

    अध्यक्ष ओलीले आज एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आह्वान गरेका हुन् ।

    ओलीले पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णय विपरित विपक्षमा उभिएर मत खसाउने विषय कल्पना बहिरको कुरा भएको बताएका छन् ।

    ‘हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टी हितविपरीत काम नगर्ने सपथ लिई आएका छौं,’ ओलीले भनेका छन्, ‘आफ्नै सपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने बिन्दुमा पुग्छौं ? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन ।’

    ओलीले बहुदलीय शासन प्रणाली अबलम्वन गर्ने कुनै पनि पार्टीका लागि पार्टी निर्देशन विपरितका कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन् ।

    ओलीले पार्टीका उम्मेदवार थापा नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता भएको जिकिर गर्दै उनको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुयाउने तर्क गरेका छन् ।

    उनले निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबै मतदातालाई आग्रह गरेका छन् ।

    भोलि हुने उपनिर्वाचनमा थापासँगै कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै माधव नेपाल पक्षको समर्थनमा संघीयता विज्ञ डा. खिमलाल देवकोटा मैदानमा रहेका छन् ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech