ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

तिलोत्तमा नगरपालिकामा बन्याे ४० बेडको कोभिड अस्पताल ।
  • हजुरकाे पाेष्ट

  • ५ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमित बढ्दै गएपछि अस्थायी अस्पताल निर्माण गरेको छ ।

    तिलोत्तमा ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा ४० बेडको अस्पताल बनाइएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो सिष्टमबाट संक्रमितलाई आवश्यकता अनुसार अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ ।

    बुधबार नगर प्रमुख बासुदेव घिमिरेले कोरोना फोकल पर्सन केशव भट्टराईलाई चाबी हस्तान्तरण गर्दै अस्थायी अस्पतालको उद्घाटन गरेका छन् । सो अवसरमा नगर प्रमुख घिमिरेले शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि अस्थायी अस्पताल निर्माण गरिएको बताए ।

    सभा हल भवनमा पर्याप्त पुर्वाधार रहेकाले क्रमशः एक सय बेड बनाएर संक्रमितको उपचार गर्न सकिने प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

    अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा वडा नं. ९ का अध्यक्ष नारायण न्यौपानेसहितको एक समिति बनाइएको छ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech