ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

‘नेपालमा देखा परेकाे नयाँ ‘भेरियन्ट’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाे भनाइ ।
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ भाइरसको नयाँ (तेस्रो) भेरियन्ट निकै सङ्क्रामक रहेको बताएको छ । नेपालमा गएकाे हप्ता कोभिड–१९ सङ्क्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बि.१.६१७.१ पुष्टि भएसँगै नेपालमा कोभिड–१९ को तेस्रो भेरिएन्ट फैलिएकाे पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि (हिजाे) मङ्गलबार एक विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्ट रहेकोबारे जानकारी गराइसकेको छ ।

    यसै सन्दर्भमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यसअघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी सङ्क्रामक रहको बताएकाे छन् ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डाक्टर कृष्ण पौडेलले सुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी सङ्क्रामक रहेको बताउनुभयो । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समूहमा उच्च सङ्क्रमण रहेको पनि उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘प्रारम्भिक अध्ययनहरूले यो सर्ने दर अन्य भेरियन्ट भन्दा उच्च छ भन्ने देखियो । जुन अप्रत्यक्ष रूपमा नेपालमा सङ्क्रमण बढेको दर, भारतमा बढेको दरले पनि अप्रत्यक्ष रूपमा हामी याे अलि बढी सङ्क्रामक छ भन्ने निष्कर्षमा पुग्न सक्छौँ । केही अध्ययनहरूमा बेलायतको मेडिकल जर्नलमा/ब्लगमा उहाँहरूले लेखेकोअनुसार बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट अझै ४० देखि ५० प्रतिशत बढी सङ्क्रामक छ भनेर आकलन गरिएको छ । उमेर समूह हेर्ने हो भने २० देखि ४४ वर्ष उमेर समूहमा उच्च दरमा सङ्क्रमण छ, बढी छ । सङ्क्रमणको मुख्य हिस्सा यो उमेर समूहमा छ । यसले उमेर समूहको हिसाबले बलिया मानिएका उमेर समूहमा पनि बढी नै असर गर्छ, जटिलता ल्याउँछ । कुनै पनि उमेरलाई यसले छोड्दैन भन्ने अप्रत्यक्ष रूपमा देखिन्छ ।’

    डा. पौडेलले अहिले कोभिड विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रूपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्यु दर कम गराउन प्रभावकारी हुने पनि बताउनुभयो ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech