रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले सियारी र शुद्धोधन गाउँपालिकामा संचालित आइसोलेसन सेन्टरलाई अक्सिजन उपलब्ध गराएका छन् ।
भुसालको सहयोगमा पठाइएको अक्सिजन कन्सन्ट्रेटर बुधबार सियारी अध्यक्ष अयोध्या थारु र तथा शुद्धोधन गाउपालिका अध्यक्ष किशुनचन चौधरीलाई हस्तान्तरण गरिएको छ ।
भुसालको रुपन्देही क्षेत्र नम्बर ३ संसदीय सम्पर्क कार्यालयका प्रमुख मनोजकुमार रिजाल, सिद्धार्थनगर–३ का अध्यक्ष थानेश्वर पौडेल, युवा नेता किरण नेपाल लगायतले आइसोलेसन सेन्टरमा पुगेर अक्सिजन कन्सन्ट्रेटर अध्यक्षद्वयलाई हस्तान्तरण गरेका हुन् ।
भुसालले आइसोलेसन सेन्टरमा उपचाररत विरामीहरुलाई अक्सिजन अभाव नहोस् भनेर सहयोग उपलब्ध गराएको संसदीय सम्पर्क कार्यालय प्रमुख रिजालले बताए ।