ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

‘लुम्बिनी प्रदेशको आगामी बजेट कोभिड केन्द्रित हुनेःआर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी ।
  • हजुरकाे पाेष्ट

  • ६ जेठ,बुटवल । कोभिडले पारेको प्रभाव र क्षतिपूर्तिका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने सरोकारवालाले सुझाएका छन् । उद्योगी,व्यवसायी, प्रशासन लगाएतका क्षेत्रका अनुभवी तथा विज्ञहरुको बुधकार भएकाे भर्चूअल अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाले कोभिड–१९ ले सर्वसाधारणदेखि उद्योग,व्यवसाय र रोजगारमा अत्यधिक प्रभा पारेको हुँदा सो को पुनः सञ्चालन र व्यवस्थापनका लागि विशेष बजेटसँगै योजना ल्याउनुपर्ने निष्कर्ष निकालेका हुन् । आर्थिक अनुसन्धान केन्द्र नेपालद्वारा आयोजित ‘लुम्बिनी प्रदेशको २०७८/७९ को बजेटमा क्षेत्रगतरुपमा समेटिनुपर्ने पक्षहरु’ विषयक जुम अन्तरक्रियामा बोल्दै उनीहरुले सो निचोड निकालेका हुन् । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि बैजनाथ चौधरीले यस आगामी बजेट कोरोना केन्द्रित रहने बताए । उनले भने ‘ यस वर्ष कोरोनाबाट प्रभावित क्षेत्रलाई राहत तथा उत्थानका लागि विशेष महत्व दिइने छ । महामारीको बेलामा साधन र श्रोतको बढी आवश्यकता पर्ने भएकोले करमा बृद्धि गर्नुपर्नेपनि देखिन्छ । महामारीमा सबैले सरकारको अपेक्षा गर्ने हुँदा सोही अनुसारको बजेट निर्माण र योजना बनाउनुपर्ने छ ।’

    त्यसैगरी लुम्बिनी प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब बाबुराम अधिकारीले कोभिड ब्यवस्थापनको लागि कोभिड फण्ड स्थापना गर्नुपर्ने । संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट हुनुपर्ने बताए । उनले भने‘ कोभिडका कारण बैदेशिक रोजगारी गुमेको छ। आन्तरिक बेरोजगारी बढ्दो छ । सीप विकास तालिमलाई प्राथमिकता दिइ उपलब्धिमुलक बनाउनुपर्ने छ । र, कृषि उद्यमी तालिम दिई निब्यार्जे ऋण उपलब्ध गराउनुपर्ने देखिन्छ।’ अन्तरक्रियामा प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले रोजगारी गुमाएकालाई विशेष कार्यक्रम, बाँझो जमिनलाई उर्बर बनाउने र चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्दै स्वनिर्भर उद्योगमा जोड दिनुपर्ने बताए । लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले कोरोनाले प्रत्यक्ष प्रभाब पारेका कृषि, रोजगारी, पर्यटन र उद्योगलाई उकास्न बिशेष पहल गर्नुपर्ने र तत्कालिन महत्वका क्षेत्रहरु पहिचान गरी कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक गुलाब धवल,डा. पुरनमान बज्राचार्य, लुम्बिनी प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब बाबुराम अधिकारी ,सहकारी विज्ञ डा. खगराज शर्मा ,अर्थशास्त्री डा. राजेश केशर खनाल ,लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष श्री एजाज आलम ,नेपाल च्याम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष श्री टंक प्रसाद पोखरेल,उद्योग बाणिज्य संघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा,प्रध्यापक नुरजङ्ग केसी,नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल लगाएतले बोल्दै कोरोना प्रभावित क्षेत्र र जनजीवनलाई सामान्य बनाई पुनरुत्थानका लागि लुम्बिी प्रदेश सरकारले विशेष प्राथमिकता दिई आगाी बजेटमा उद्योग,व्यवसाय,कृषि,शिक्षा,स्वास्थ्य ,रोजगार जस्ता विषयमा विशेष बजेट र योजना ल्याउन सुझाव दिए । आर्थिक अनुसन्धान केन्द्र , नेपालका अध्यक्ष हुमराज भुसालको अध्यक्षता, लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीको प्रमुख आतिथ्यता,केन्द्रका उपाध्यक्ष विनोद बेल्बासेको स्वागत र संस्थाका कोषाध्यक्ष अमर डिसीको सञ्चालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech