६ जेठ,बुटवल।नेपालमा फैलिरहेको covid-19 को दोस्रो भेरियसन को प्रकोप मा परेर संक्रमित भएका अर्घाखाँची जिल्लावासीहरुलाई उपचारको निम्ति कुनै कसर बाँकी नराख्ने लुम्बिनी प्रदेशका माननीय कानुनमन्त्री तथा नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ,उपचारमा अत्यावश्यक आधारभुत औषधी ,अक्सिजन लगायतका कुराहरूको कमी हुन नदिने उहाँले बताउनुभयो ।
जिल्लावासीहरुलाई संक्रमित भैसकेपछि उपचार नपाएर कतै ज्यान गुमाउन त पर्ने होइन भन्ने भ्रम र आशंकामा नरहन उहाँले आग्रह ‘समेत गर्नुभयो,उहाँले भन्नुभयो जिल्ला अस्पतालमा उपचारको निम्ति आवश्यक पर्ने हरेक कुराहरूको हामीले अभाव हुन दिँदैनौं।
राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीले बुधबार आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले संक्रमितहरुलाई समयमै अस्पताल सम्म पुर्याउन युवासंघ नेपाल अर्घाखाँचीलाई स्वयंसेवकिय भूमिका निर्वाह गर्न निर्देशित समेत गर्नुभयो।
पुरा हेर्नुहाेस