ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

राष्ट्रिय सभा उपनिर्वाचनमा विवेकशील साझा पार्टी सहभागी नहुने ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । विवेकशील साझा पार्टी राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने भएको छ ।
    विवेकशील साझाको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले आज एक विज्ञप्ति जारी गर्दै नो भोट लागु गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्न माग गरेका हुन् ।

    ‘विवेकशील साझा पार्टी राष्ट्रिय सभामा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका बौद्धिक व्यक्तित्वहरूको उपस्थिति हुनुपर्दछ भन्ने मान्यता राख्दछ । कार्यपालिका (प्रधानमन्त्री) को चयनमा प्रत्यक्ष भूमिका नहुने सदन भएका कारण पनि राष्ट्रिय सभा सदस्यहरूले कतिपय अवस्थामा दलीय स्वार्थ भन्दा माथि उठी मुलुक र नागरिकको हितमा भूमिका खेल्न सक्नुपर्दछ भन्ने हामीलाई लाग्दछ ।’ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    यस्तै, विवेकशील साझाले चुनावी मैदानमा प्रतिस्पर्धामा रहेका तिनै जना उमेदवारबाट राष्ट्रिय सभामा अपेक्षा गरेको भूमिका निर्वाह नहुने भन्दै निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको बताएको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech