ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्ने तिलोत्तमा नगरपालिकाकाे निर्णय
  • हजुरकाे पाेष्ट

  • तिलोत्तमा नगरपालिकामा चालु शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना संक्रमण बढ्न थालेपछि तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १२ गतेबाट पूर्णतः बन्द छन् । नगरपालिकाको निर्देशनअनुसार कक्षा तीन सम्मको परीक्षा विद्यालयले वैशाख १२ गतेअघि नैं लिइसकेका थिए ।

    बाँकी कक्षाको परीक्षा वैशाख १२ बाट सुरु भएकोमा कोरोना महामारी बढेपछि सोही दिनबाटैं परीक्षा रोकिएको थियो । हालसम्म कोरोना महामारीको संक्रमण यथावत् रहेकोले विद्यार्थी भौतिक रुपमा विद्यालयमा गएर परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै नगर शिक्षा समितिले आन्तरिक मूल्यांकनमार्फत् परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

    शिक्षा समिति संयोजक समेत रहेका नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा बिहीबार बसेको बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयले जेठ ३१ गते एकसाथ आन्तरिक मूल्यांकनमार्फत् परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले जानकारी दिए । आन्तरिक मूल्यांकनको लागि त्रैमासिक परीक्षा र अर्धवार्षिक परीक्षामा प्राप्त अंकको ४०/४० प्रतिशत तथा विद्यालयमा रहेको विद्यार्थीको अभिलेखको आधारमा २० प्रतिशत तय गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

    समितिको बैठकले कक्षा ८ को नगरस्तरीय परीक्षाको लागि समेत सोहीअनुसारको मापदण्डको आधारमा मूल्यांकन गरी त्यसको विवरण जेठ २५ गतेभित्र शिक्षा शाखामा पठाउन विद्यालयलाई सूचित गरेको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech