काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ जारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्काे सिफारिसमा आज (बिहीवार) ती अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले ठूलो दलको हैसियतमा यही वैशाख ३१ गते शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण नगरि ‘त्यो पर्दैन’ भन्नुभएकाे थियो । ओलीले राष्ट्रपति संस्थाको मानमर्दन गरेकाले ३१ गतेको शपथ बदर गरेर अर्को पटक शपथ लिन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले साेमवार सर्वोच्चमा रिट दायर गर्नुभएको थियाे ।
रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेकाे छ ।