ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठद्वारा पाल्पाका विभिन्न अस्पतालहरूकाे अनुगमन ।
  • हजुरकाे पाेष्ट

  • पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले बुधबार र बिहीबार पाल्पा जिल्लाका विभिन्न अस्पतालहरूकाे अनुगमन गरेका छन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद कुमार गिरी, सोकिय सचिव माधव सापकोटा, स्वास्थ्य मन्त्रालयका कर्मचारीसहित पाल्पा जिल्लाका अस्पताल अनुगमनमा निस्किएका श्रेष्ठले बुधबार पाल्पा अस्पताल तानसेन, युनाइटेड मिसन अस्पताल तानसेन, रामपुर अस्पताल रामपुर, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर र रामपुर आयुर्वेदिक औषधालय रामपुर त्यसैगरी बिहीबार रम्बा गाउँपालिकामा स्थापना गरिएको कोरोना अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रवासको अनुगमन, आवश्यक निर्देशन तथा कोभिडको यो महामारीमा पहिलो पंक्तिमा रहेर सेवा गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गरेका छन ।

    अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सम्बन्धित अस्पताल व्यवस्थापन समिति (सञ्चालक समिति), राजनीतिक दलका अगुवा, तथा अस्पतालमा कार्यरत चिकित्सक/स्वास्थ्यकर्मीहरूसंग बैठक बसि कोभिड – १९ को उपचारकाे बारेमा छलफल गरी लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेका गतिविधि र सरकारका भावि योजनाहरुको बारेमा जानकारी दिएका छन् ।

    मन्त्री श्रेष्ठले’कोरोना महामारी नियन्त्रणमा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनमा सबैको ध्यान जानु पर्ने बताउदै स्वास्थ्यकर्मीहरुलाई सबैले सम्मान गरेर उनीहरुको हौसला बढाउन जनप्रतिनीधि संगै सामाजिक व्यक्तित्वहरुको विशेष भुमिका रहने कुरामा जाेड दिएका थिए।

    साथै स्वस्थ्यकर्मीहरुलाई उपचारमा केन्द्रित हुन आग्रह गर्दै आवश्यक सिलिण्डर, औषधी तथा अन्य आवश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा अस्पताल विकास समिति, जनप्रतिनिधि र संघ संस्थाहरुले जिम्मा लिएमा थप सहज हुने हुँदा सबैले अाफनाे दायित्व पुरा गर्न जिम्मेवार बन्न अनुराेध गर्दै हरेक परिस्थितिमा प्रदेश सरकार लाग्ने बताएका थिए ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech