ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

स्वास्थ्य मन्त्री श्रेष्ठ जिल्ला दाैडाहामा ः पाल्पामा सर्वपक्षीय बैठक सम्पन्न
  • हजुरकाे पाेष्ट


  • पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय तानसेन पाल्पामा सर्वपक्षीय कोरोना नियन्त्रण विशेष बैठक सम्पन्न भएको छ । बैठकमा मन वचन र कर्मले जनताको सेवा गर्नुपर्ने बेला आएकोले सेवामा लाग्न मन्त्री श्रेष्ठले अनुरोध गर्दै ‘मानवीय स्वास्थ्य संकट आएको यो गम्भीर मोडमा हामीले हाम्रो जिम्मेवारी मात्र पुरा गर्ने होइन सामाजिक उत्तरदायित्व पनि निभाउनु पर्ने छ तसर्थ विना कुनै पुर्वाग्रह जनताको स्वास्थ्य उपचारमा लाग्नुहुन अनुरोध गर्दछु।’

    उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले विशेषगरी पाल्पा जिल्लाको वर्तमान कोरोना विशेष स्वास्थ्य अवस्था, कोरोना नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले चालेका गतिविधिको बारेमा जानकारी दिएका थिए । बैठकमा लुम्बिनी प्रदेश सभा सदस्यहरू नारायण प्रसाद आचार्य युवराज खनाल र वीर बहादुर राना, तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही, प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराई लगायतका जिल्लाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेकाे थियो ।

    यसैबीच रामपुर नगरपालिकामा बसेको बैठकमा नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाको तर्फबाट रामपुरमा जन्मिएका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकोमा स्वागत गर्दै रामपुर नगरपालिकाले कोरोना नियन्त्रणमा चालेका कदमहरूको बारेमा जानकारी गराएका थिए ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech