ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

अनेरास्ववियुले हस्तान्तरण गर्यो – एम्बुलेन्स र सब वाहन
  • हजुरकाे पाेष्ट

  • रूपन्देही ,अनेरास्ववियु क्षेत्र नं. १ रूपन्देहीले कोरोना महामारी नियन्त्रण गर्न २ अेाटा गाडी (अस्थायी एम्बुलेन्स) लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना महामारी भर नि:शुल्क प्रयोग गर्नेगरी हस्तान्तरण गरेको छ । देवदह नगरपालिकाले निर्माण गरेको अस्थायी कोरोना अस्पताल सित्तलनगर परिसरमा आयोजित एक कार्यक्रमका बिच ती गाडीहरू हस्तान्तरण गरिएको हो । गाडीहरू ग्रहण गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले युवा विद्यार्थीलाई धन्यवाद दिदै , ‘सबैको सहकार्य, सहयोग र साथले मात्रै कोरोना महामारीको युद्धमा विजयी प्राप्त हुने भन्दै सबैलाइ महामारीविरुद्ध लाग्न अाग्रह गर्नुभयाे ।

    मन्त्री श्रेष्ठले अनुशासनमा रही स्वास्थ्य मापदण्ड अपनाएर सबैले एक अर्कासँग सहकार्य गरेर सकारात्मक चिन्तनका साथ अगाडी बढेमा महामारीविरुद्धको युद्धमा छिट्टै जित हासिल गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभयाे । समाजका अगुवाले सामाजिक उत्तरदायित्व बहन गर्दै सुरक्षित रहेर जनतालाई सुसूचित बनाउनुपर्ने कुरामा जाेड दिदै मनोबैज्ञानिक रूपमा बिक्षीप्त भएका जनतालाई मनोपरामर्श दिनुपर्ने बताउनुभयाे ।

    हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपाने, देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह मेडिकल कलेजका अस्पताल निर्देशक डा बिक्रम ज्ञवाली, मन्त्रीका स्वकीय सचिव माधव सापकोटा अनेरास्ववियु तथा युवा संघमा आवद्ध युवा विद्यार्थीहरूको सहभागी रहेको कार्यक्रमको सञ्चालन कृष्ण पौडेलले गर्नुभएकाे थियाे ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech