ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

देउवाको पक्षमा भएको हस्ताक्षरलाई मान्यता नदिन ओली र ठाकुरको पत्र शीतल निवासमा
  • हजुरकाे पाेष्ट

  • ७जेठ,काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन भन्दै राष्ट्रपतिलाई पत्र पठाउनुभएको छ ।

    संसदीय दलको हैसियतमा प्रधानमन्त्री ओली र प्रमुख सचेतक विशाल भट्टराईले हस्ताक्षर गरेर पठाएको पत्रमा २६ जना सांसदलाई आफूहरूले कारबाहीकाे तयारी गरेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन उल्लेख गरिएको छ ।

    एमालेको माधव नेपाल पक्षका केही सांसदले देउवाको नेतृत्वमा सरकार बनाउन भन्दै हस्ताक्षर गरेका छन् ।

    यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पनि देउवालाई समर्थन नगर्ने पार्टीको निर्णय विपरीत गएका १२ जना सांसदको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाइएका छन् ।

    केही सांसदले व्यक्तिगत रूपमा पनि आफूहरूको हस्ताक्षर दुरुपयोग भएको भन्दै शीतल निवासमा पत्र पठाइरहेका राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयमा आइरहेकाे पत्र हेर्दा र दुवै पक्षको दाबी हेर्दा यसलाई टुङ्ग्याउन कठिन भइरहेको उहाँको भनाइ छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech