ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

नेपाललाई बेलायतले २० लाख डोज खोप उपलब्ध गराउनेः बेलायती संसदमा छलफल ।
  • हजुरकाे पाेष्ट

  • ८,जेठ,काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज (कोभिसिल्ड) खोप उपलब्ध गराउने भएको छ ।

    परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार बेलायतले कोभ्याक्स सुविधामार्फत खोप प्रदान गर्न लागेको हो ।

    बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्ड्समा विहिबार नेपाललाई उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    ‘बेलायती संसदमा नेपाललाई उक्त मात्राको खोप उपलब्ध गराउने जानकारी छलफल भएको छ र यसबारे बेलायतले औपचारिक निर्णय गर्ने जानकारी हामीलाई प्राप्त भएको छ’ मन्त्रालय स्रोतले भन्यो ।

    बेलायती संसदमा विहिबार मध्यान्ह ११ मिनेट महामारीविरुद्ध नेपाललाई सहयोग गर्नेबारे छलफल भएको थियो । सांसदहरुको प्रश्नमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले बेलायतले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको बताएका थिए ।

    यसअघि नेपालले कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । लर्ड अहमदले यसअघि खोप र स्वास्थ्य सामाग्री आपूर्तिबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गरिसकेका छन् । साथै उनले राजदूत लोकदर्शन रेग्मीलाई समेत भेट्ने जनाएका छन् ।

    काठमाडौंस्थित बेलायती र नेपाली प्रतिनिधिसँग सम्पर्क भैरहेको जनाउँदै लर्डले नेपालको स्वास्थ्य मन्त्रालयलाई आवश्यक स्वास्थ्य सहयोग र प्राविधिक विज्ञहरु पठाउन लागिएको बताएका थिए ।

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech