ब्रेकिङ
विपक्षी दलका सांसद हस्ताक्षर गर्दै, संसद् विघटनको निर्णय खारेजीको माग गर्ने
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले रिटको तयारी गरिरहेका छन् । सामूहिक रूपमा सर्वाेच्च अदालतमा रिट दायर गर्न रिटलाई अन्तिम रूप दिने र सांसदहरूको हस्ताक्षर सङ्कलन गर्ने काम भइरहेको विपक्षी दलहरूले बताएका छन् ।

    अहिले संसद् भवन नयाँ बानेश्वरमा हस्ताक्षर सङ्कलन भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउने एक सय ४९ जनाकै हस्ताक्षर सङ्कलन गर्ने र त्यो नभए पनि बहुमत सांसदको हस्ताक्षर सङ्कलन गर्ने तयारीमा विपक्षी गठबन्धन रहेको छ ।

    राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकोमा गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै एक सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई बुझाएको थियो । तर प्रधानमन्त्रीले पनि आफूलाई एक सय ५३ जना सांसदको समर्थन रहेको भन्दै निवेदन पेस गरेपछि राष्ट्रपतिले मध्यरातमा संसद् विघटन गर्नुभएको थियो ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech