ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । पाँच विपक्षी दलले प्रतिनिधिसभा विघटन विरुद्ध भोलि मात्रै सर्वोच्चमा रिट दर्ता गर्नेभएका छन् ।

    नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दैै पाँच दलले सर्वोच्च अदालतमा भोलि रिट दर्ता गर्न लागेका हुन् । आज समयअभावका कारण भोलि बिहान १० देखि ११ बजेको बीचमा सर्वोच्चमा रिट दर्ता हुने भएको हो । सांसदहरुले व्यक्तिगत रुपमा रिट दर्ता गर्नेभएका छन् ।

    यसअघि पाँच विपक्षी दलका शीर्ष नेता र सांसदहरु संसद भवन नयाँ वानेश्वरमा छलफल गरेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरु र सांसदहरु संसद भवनमा भेला भएका थिए ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आआफ्ना सांसदहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन र नागरिकताको फोटोकपी संकलन गरेका दलहरुले अब संयुक्त रूपमा संकलनका लागि नयाँ बानेश्वरमा भेला भएका थिए ।

    यसअघि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कानूनव्यवसायीहरुसँग छलफल गरेपछि विपक्षी दलहरुले सर्वोच्चमा परमादेशको मागसहित रिट दर्ता गर्ने निर्णय गरेका थिए ।

    संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्दा पनि त्यसलाई अस्वीकार गरिएकाले सीधै प्रधानमन्त्री पदमा नियुक्तिको परमादेशको माग गर्न लागेका हुन्

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech