ब्रेकिङ
जेठ १५ गते नै अध्यादेश मार्फत बजेट आउने प्रधानमन्त्री ओलीकाे भनाइ ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेशमार्फत आउने जानकारी दिएका छन् । प्रेस चौतारीले आज प्रधानमन्त्री निवास वालुवाटारमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते औपचारिक कार्यक्रम गरी राष्ट्रपतिबाट अध्यादेशमार्फत बजेट आउने जानकारी दिएका हुन् ।

    उनले सस्तो लोकप्रियताका लागि बजेट नआउने भन्दै देशको भविष्य र अर्थतन्त्रप्रति गैरजिम्मेवार भएर बजेट नआउने स्पष्ट गरे । बजेट कोभिड १९ नियन्त्रण तथा उपचारमा केन्द्रित भएपनि आफूले यसअघि नै घोषणा गरेका नीतिलाई कार्यान्वयन गर्ने गरी बजेट आउने उनले जानकारी दिए ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech