ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

सर्वोच्चमा रिट हाल्न नेपाल-खनाल पक्षीय सांसदहरु सिंहदरबारमा भेला थप सांसदले गरे हस्ताक्षर
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न जानु अघि हस्ताक्षर गर्न बाँकी रहेका एमालेको माधव नेपाल पक्षधर सांसदहरुको हस्ताक्षर सुरु भएको छ ।

    विपक्षी गठनबन्धनबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका नेपाल पक्षीय सांसदरुले सवोच्चमा रिट प्रयोजनका लागि हस्ताक्षर गर्न लागेका हुन् ।

    हिजो एमालेका २१ सांसदले हस्ताक्षर गरिसकेका थिए । आज थप ९ जना सांसदको हस्ताक्षर आउने नेपाल पक्षले दाबी गरेको छ । अहिलेसम्म २४ जना सांसदले हस्ताक्षर गरिसकेको र काठमाडौं बाहिर रहेका केही सांसदहरुले वारेसनामा दिएको बताइएको छ ।

    संसदको सार्वजनिक लेखा समितिको सभाकक्षमा नेपाल पक्षीय सांसदहरु भेला भएका छन् ।

    बिहान १० देखि ११ बजेसम्म रिट दर्ता गर्ने योजनामा रहेका विपक्षी दलहरु अबको केहीबेरमा सर्वोच्च जाने तयारीमा लागेका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले नेपाल पक्ष, जसपा उपेन्द्र बाबुराम पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्चमा रिट दिन लागेका हुन्।

    विपक्षी दलका सबै नेताहरु पनि सिंहदबार पुगेका छन् । त्यहीँबाट एकीकृत भै नेताहरु सर्वोच्च अदालत जाने योजना रहेको छ ।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech