ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

खोप आपूर्तिमा प्राथमिकता दिन अमेरिकालाई नेपालको आग्रह
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – नेपालले कोभिड-१९ विरुद्धको खोप आपूर्तिमा आफूलाई प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह गरेको छ ।

    अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँग बिहान भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको हाे ।

    मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकालाई लगाउन आवश्यक खोप उपलब्ध गराइदिन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    जवाफमा अमेरिकाले नेपाललाई सहयोग गर्न सकारात्मक रहेको बताएको परराष्ट्र मन्त्रालयद्वारा निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, मन्त्री ज्ञवालीले महामारीविरुद्ध अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद पनि दिनु भएको छ ।

    केही दिनअघि अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध लड्नका लागि भन्दै अक्सिजन सिलिन्डरसहित भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech