ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

प्रतिनिधिसभा विघटनको विरोधमा एमालेका नेपाल पक्षका २३ सांसदले गरे हस्ताक्षर
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा नेकपा एमालेको नेपाल खनाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

    देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदलतमा रिट दायर गर्नुअघि सिंहदरबारमा भेला भएका नेपाल पक्षका थप सांसदहरुले हस्ताक्षर गरेका हुन् । हालसम्म २३ जना सांसदहरुले हस्ताक्षर गरिसकेका छन् ।

    हस्ताक्षर गर्ने सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, रामकुमारी झाँक्री, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालगायत छन्। २० जना सांसदले हिजै हस्ताक्षर गरेका थिए भने चौधरी, भट्ट र खतिवडाले आज गरेका हुन् ।

    सिंहदरबारमा रहेका सांसद विरोध खतिवडाले ओलीलाई विस्थापित गर्न र देउवालाई प्रधानमन्त्री बनाउन जालसाझी गरेको आरोप लगाउनेहरुलाई देखाउनका लागि आफुहरु शशरीर उपस्थित भएर हस्ताक्षर गरेको बताए । खतिवडाले अदालतललाई सांसदहरुको हस्ताक्षर र नागरिकता सनाखत गर्न र टाउन गन्न आग्रह गर्ने जनाए ।

    यसअघि नेपाल पक्षका २६ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । ती मध्ये गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले भने हस्ताक्षर गरेका छैनन् । तर, अन्य थप केही सांसदलाई कोरोना लागेका कारण आउन नसकेको नेपाल पक्षले दाबी गरेको छ ।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech