सरकारले वैकल्पिक प्रक्रियाबाट एमसीसी अनुमोदन गर्ने जनाएको छ ।
अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले अमेरिकास्थित राससका प्रतिनिधिसँग कुरा गर्दै वैकल्पिक विधिबाट एमसीसी पास गर्ने जनाएका हुन् ।
राजदूत खतिवडाले एमसीसीलाई अति राजनीतिकरण गरिँदा संसदबाट पारित हुन नसकेको बताए । खतिवडाले संसद नभएको अवस्थामा कसरी कुन विकल्पमा जाने भनेर छलफल भैरहेको जनाए ।
खतिवडाले भनेका छन्, ‘अमेरिका नेपाल बीच यति राम्रो सम्वन्धका वावजुद यसलाई रोकिनु कुनै पनि दृष्टिकोणले उपयुक्त होइन अब हामी अनुमोदनको वैकल्पिक प्रक्रियामा जाने तयारी गरिरहेका छौँ ।’ संसद नभएको बेलामा वैकल्पिक प्रक्रिया भन्नुको अर्थ अध्यादेशमार्फत एमसीसी परियोजना अघि बढाउनेतर्फ खतिवडाले संकेत गरेका हुन् ।