ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

कोरोना सङ्क्रमितमा ‘पहेँलो ढुसी’को सङ्क्रमण पनि देखियोः भारत
  • हजुरकाे पाेष्ट

  • ११ जेठ,काठमाण्डाै – भारतमा कोरोना सङ्क्रमण निको भएका व्यक्तिमा पहेँलो ढुसी (एल्लो फङ्गस) को सङ्क्रमण पनि देखिएको छ । यसअघि कालो ढुसी र सेतो ढुसीको समस्या भारतका धेरै राज्यमा देखिएकोमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेँलो ढुसीको सङ्क्रमण भेटिएको नाक कान घाँटी विशेषज्ञ वीपी त्यागीले पुष्टि गर्नुभएको समाचारसंस्था एएनआइले जनाएको छ ।

    ४५ वर्षमा पुरुषमा पहेँलो ढुसीको समस्या देखिएको हो । पहेँलो ढुसीको सङ्क्रमण भएका व्यक्तिमा निद्रा बढी लाग्ने भोक कम लाग्ने र तौलमा अस्वाभाविक कमी आउने जस्ता लक्षण देखिएको विशेषज्ञ त्यागीले बताउनुभयो । यो ढुसीको सङ्क्रमण बढ्दै जाँदा घाउबाट पीप बग्नु, घाउहरू निको हुन ढिलो हुनु, कुपोषण तथा इन्द्रीयहरूले काम गर्न नसक्ने जस्ता समस्या हुने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘पहेँलो ढुसी एक घातक रोग हो किनभने यो आन्तरिक रूपमा सुरु हुन्छ त्यसैले यसका लक्षणहरू याद गर्नु महत्त्वपूर्ण छ । समयमा लक्षणहरूको ख्याल नगर्दा आउने समस्याले यस रोगको निदानमा धेरै कठिनाइ देखिएको छ ।’ कोरोना सङ्क्रमण निको भएका व्यक्तिमा दुई महिनापछि पनि विभिन्न किसिमका ढुसीको सङ्क्रमण देखिएको छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech