ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

तिलोत्तमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट जडान ।
  • कृष्ण पाण्डे

  • जेठ ११ बुटवल, लुम्बिनी प्रदेशमा पहिलो पटक रुपन्देहीको तिलोत्तमामा ट्राफिक लाईट जडान गरिएको छ । ट्राफिक जाम हुने र सवारी दुर्घटना समेत बढी हुने गरेको बुटवल भैरहवा सडक खण्डको मणिग्राम चाेकमा ट्राफिक लाईट जडान गरिएको हो ।

    नगरकै सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा तिलोत्तमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको हो । नगरपालिकाका अनुसार ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोष्टबाट हुने छ भने चाेकमा प्रत्यक्ष निगरानी जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाले गर्ने छ ।

    मणिग्राम चाेकको चारैतर्फ जडान भएको ट्राफिक लाइटको उदघाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरेका छन् । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले मणिग्राममा जडान गरिएको ट्राफिक लाइटको प्रभावकारितासँगै यसलाई सडकका अन्य चोकहरुमा समेत विस्तार गरिने बताएका छन् । ट्राफिक लाइटको कन्ट्रोलका लागि चाहिने उपकरण व्यवस्थापनमा ट्राफिक प्रहरीलाई नगरपालिकाले सहयोग गर्ने स्पष्ट पार्दै उनले ट्राफिक लाइटको परिपालना, यसको संरक्षण गर्ने दायित्व सबै नगरबासीको रहेको बताएका थिए ।

    सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर बहादुर विश्वकर्माले तिलोत्तमाले आफ्नै स्रोतमा ट्राफिक लाइटको व्यवस्थापन गर्नु अरुको लागि पनि अनुकरणीय रहेको बताउदै ट्राफिक प्रहरीसँगको समन्वयमा ट्राफिक लाइट जडान गरेर तिलोत्तमाले प्रदेशमैं नयाँ सन्देश दिएको र ट्राफिक लाईटले दुर्घटना न्युनिकरण गर्ने विश्वास ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा उपमेयर जागेश्वरी चाैधरी ,वडा अध्यक्षहरू ,कर्मचारी तथा समाजसेवीहरूकाे उपस्थिति रहेकाे थियाे ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech